एभेरेष्ट प्रिमियर लिगमा ललितपुर पेट्रियट्सले चितवन टाइगर्सलाई ११ रनले हराएको छ ।

एभेरेष्ट प्रिमियर लिगमा ललितपुर पेट्रियट्सले चितवन टाइगर्सलाई ११ रनले हराएको छ ।

कीर्तिपुर क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको  ललितपुरले २० ओभरमा ५ विकेटको क्षतीमा एक सय ४३ रन बनायो । २३ रन हुँदा पहिलो विकेट गुमाएको ललितपुरले ४३ रन हुँदा दोस्रो विकेट खेर फाल्यो ।

उसका ओपनर जयकिशन कोल्सावाला २० रनमा आउट भए भने कुशल भुर्तेल मात्र तीन रनमा पेभेलियन फर्किए । ६१ रनमा तेस्रो विकेट खेर फालेको ललितपुरले एक सय नौ रनमा  चौथो विकेटका रुपमा सन्नी पटेललाई १९ रनमा गुमायो । फितलो ब्याटिङ गरेको ललितपुरका कप्तान ज्ञानेन्द्र मल्ल पनि मात्र तीन रनमा आउट भएपछि एक सय १४ रनमा पाँचौ विकेट खेर फाल्यो । अन्तिममा सन्दीप जोराले आक्रामक २५ तथा सोनु तामाङले ३० रन बनाए । बलिङमा जर्ज स्कटले दुई विकेट लिए ।

जवाफमा चितवन २० ओभरमा ८ विकेट गुमाउदा एक सय ३२ रनमा रोकियो । मात्र २ रन हुँदा पहिलो विकेट गुमाएको चितवनले १६ रन बनाउदा तीन विकेट खेर फाल्यो । टिम निकै दबावमा रहेका केला कप्तान पृथु बास्कोटा र दीपेन्द्रसिंह ऐरीले चौथो विकेटका लागि ४४ रनको साझेदारी गरेका थिए । तर पृथु २६ रनमा आउट भएपछि चितवनले ६० रनमा चौथो विकेट गुमायो । उसका लागि दिपेन्द्र ऐरी ४१ रन बनाए भने जर्ज स्कटले अन्तिममा १७ रन बनाएपनि टिमलाई हारबाट बचाउन सकेनन् ।

जसमा सन्दीपले तीन विकेट लिए भने सन्नी पटेलले दुई विकेट चट्काए । यस्तै गौरव तमोर र ललित राजवंशीले एक–एक विकेट लिए ।

प्रतिकृया दिनुहोस

एभेरेष्ट प्रिमियर लिगमा ललितपुर पेट्रियट्सले चितवन टाइगर्सलाई ११ रनले हराएको छ ।

पोखरा २ माघ । कास्कीको मादी गाँउपालिका ११ भगवती बजारमा पुस ३० गते बाट लागेको ऐतिहासिक माघे संक्रान्ति मेला माघ २ गते सम्पन्न भएको छ । आन्तरिक पर्यटन

एभेरेष्ट प्रिमियर लिगमा ललितपुर पेट्रियट्सले चितवन टाइगर्सलाई ११ रनले हराएको छ ।

पोखरा, २ माघ । पोखरामा मुख्य कार्यालय रहेको हिमा अस कन्सलटेन्सी र पोखरा सभागृहमा रहेको दि मुङलान रेष्टुरेन्टले यहि फागुन ७ गते पोखरामा आयोजना हुने

एभेरेष्ट प्रिमियर लिगमा ललितपुर पेट्रियट्सले चितवन टाइगर्सलाई ११ रनले हराएको छ ।

पुष ३०,पोखरा पोखरामा जारी दोश्रो ल्होछार कप पोखरा ओपन टेनिस प्रतियोगिताको उपाधीका लागि धरमबहादुर लामिछाने र विकास गुरुङ्ग भिड्ने भएका छन् ।