रेडियो सफलताको क्यालेण्डर विमोचनसँगै शुभकामना आदानप्रदान सम्पन्न


पोखरा २९,
रेडियो सफलता १०३.४ मेगाहर्ज द्धारा नयाँ वर्ष २०७४ को अवसरमा क्यालेण्डर विमोचनसँगै शुभकामना आदानप्रदान कार्यव्रmम सोमबार सम्पन्न भएको छ ।रेडियोका प्रवन्ध निर्देशक दुर्गा अधिकारीको अध्यक्षतामा भएको कार्यव्रmममा प्रमुख अतिथि स्वतन्त्र पत्रकार संघका अध्यक्ष कृष्ण बास्तोला विशेष अतिथि नागरिक समाज पोखराका संयोजक राम बहादुर पौडेल, समाजसेवि शोभाचन्द्र बराल, रेडियो गोर्खालीका अध्यक्ष तथा नागरिक अगुवा शशि तुलाचन, विश्व हिन्दु महासंघका उपाध्यक्ष बेधनिधि शर्माले क्यालेण्डरको विमोचन गर्नुभएको थियो । प्रमुख अतिथि बास्तोलाले रेडियोले धेरै सामाजिक क्षेत्रमा काम गर्दै आएको बताउदै रेडियो सफलताले ले गर्दै आएको कामहरुको खुलेर प्रशंसा गर्दै अझ राम्रो काम गर्दै समाजमा आफ्नो स्थान जसरी अहिले गराएको छ आगामी दिनमा अझ राम्रो गर्न नयाँ साल संगै नयाँ उत्साह थपिदै जाओस भन्ने शुभकामना व्यतm गर्नुभयो । कार्यक्रममा बोल्दै बास्तोलाले स्थानिय निवार्चन नजिकै जादा सबैलाई आफ्नो मतदान गर्ने अधिकारको प्रयोग गरि समाज मा केही गर्ने तथा जुनसुकै दल भएतापनि समाजको लागी केही गर्ने व्यतिलाई भोट हाल्न आग्रह गर्नुभयो ।यस्तै नागरिक समाज पोखराका संयोजक राम बहादुर पौडेलले कार्यक्रममा बोल्दै हामी ठुला कुरा नगरि समाज परिर्वतनमा स साना कुराबाट नै परिर्वतन गर्न अति आवश्यक रहेको मा जोड दिनुभयो ।यसैविच विश्व हिन्दु महासंघका केन्द्रीय उपाध्यक्ष बेधनिधि शर्मा ले अबको स्थानिय तहको चुनावमा कुनै दल नभनिकन संस्कार र संस्कृति लाई संरक्षण गर्ने व्यतिलाई मात्र भोट दिनुपर्नेमा जोड दिनुभयो ।नेकपा एमाले जिल्ला उपसचिव प्रभा कोइरालाले महिलाहरुलाई सामाजीक कार्यमा लाग्न गाह्रो भएपनि पछिल्लो समय महिला सामाजिक कार्यमा क्रियासिल रहेको मा खुसि व्यतm गर्नुभयो ।टोल विकास संस्था नगर समितिका वरिष्ठ उपाध्यक्ष उत्तम जोशि, रेडियो गोर्खालीका अध्यक्ष तथा नागरिक अगुवा शशि तुलाचन, जिलला पशु सेवा कार्यलय का पशु प्राविधिक सुरेश श्रेष्ठ, नेपाली काङ्ग्रेसका नविन बराल, महिला विकासका लागी आमा समुहका अध्यक्ष  मन माया बराल, सिदार्थ राजमार्ग टोल विकास संस्थाका अध्यक्ष आत्मा तुलाचन, महिला स्वयंसेविका भिमा पौडेल, अधिवतmा जनकल्याण पराजुली, परिज्ञान राष्ट्रिय साप्ताहिकका सम्पादक इश्वरी पौडेल, प्रकृतिक मानवजन केन्द्रीतजन अभियान नेपाल युनिटका केन्द्रीय अध्यक्ष सन्त बहादुर घिसिङ, रत्नचोक टोल विकास संस्थाका अध्यक्ष पार्वती पनेरु, खहरे आमा समुहका सचिव पम्फा थापा, समाज सेवा युवा क्लबका अध्यक्ष अंकित बराल, मासवार आमा समुहका अध्यक्ष टिकादेवि बराल, महिला संन्वय समितिका पोखरा ६ का अध्यक्ष विष्णु केसी, खहरे आमा समुहका अध्यक्ष मैया थापा, संरक्षण नेपालका अध्यक्ष शुशिला वाग्ले, नेकपा एमालेका तेज नारायण अधिकारी, प्रतिभा मिलन आमा समुहका अध्यक्ष कमला लामीछाने, ढा“ड आमा समुहका उपाध्यक्ष सरस्वती कार्की, सफलता महिला कृषि सहकारी संस्थाका सदस्य गँगा बराल लगायतले कार्यक्रममा आफ्नो तर्फवाट शुभकामना मन्तव्य व्यतm गर्नुभएको थियो ।कार्यक्रमका अध्यक्ष तथा रेडियो सफलताका प्रवन्ध निर्देषक दुर्गा अधिकारीले सम्पुर्ण व्यतिmहरुको साथ सहयोगले आज जुन सफलता हात परेकोछ आगामी दिनमा पनि यस्तै साथको अपेक्षा आफुले राखेको बताउदै कार्यक्रममा उपस्थित सम्पुर्णलाई धन्यवाद सहित शुभकामना व्यतm गर्नुभयो । यसै विच आज नै भएको कार्यक्रममा सफलता मिडीया प्रा.लि.द्धारा आयोजीत रेडियो प्रस्तोता तालिममा सहभागी प्रशिक्षार्थीलाई प्रमाणपत्र वितरण गरिएको थियो । रेडियो सफलताका कार्यक्रम संयोजक मधु अधिकारीले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रमको संचालन रेडियोका समाचार प्रमुख सावित्रा कोइरालाले गर्नुभएको थियो ।

 

© 2016 Radio Safalta 103.4 MHz.All Rights Reserved.

Powered By : i-Tech Nepal