४५ औं हप्ताको सफाई अभियान सम्पन्न :

पोखरा, २६ चैत ।
पोखरामा जारी ४५ औं हप्ताको वृहत् सफाई अभियान सम्पन्न भएको छ । वडा नंम्वर १५ कोलपाटन चोकदेखि ढुङ्गेसाघुसम्मको ५ किलोमिटर दुरीमा झण्डै ५ टन फोहरमैला संकलन गरिएको सामाजिक अभियन्ता एवं मनोहर युवा क्लवका अध्यक्ष राम्जी जीसीले जानकारी दिए ।
ऋभियानमा वडा नम्वर १५ मा क्रियाशिल विभिन्न आमा समुह, टोल विकास संस्था, वडा नागरिक मञ्च, संगम सहकारी, युवा क्लवहरु, एसओएस बालग्राम, राजनितिक दल र वडावासीको उल्लेख्य सहभागिता रहेको महिला समन्वय समितिका अध्यक्ष पार्वती कार्कीले बताइन् ।
कार्यक्रममा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल कालिका गण, मुक्तिनाथ विकास बैंक, पोखरा लेखनाथ महानगरपालिका, सामाजिक अभियन्ताहरुले सक्रिय सहभागिता जनाएका थिए ।
यसअघि कार्यक्रममा सहभागहिरुलाई गण्डकी अंचल प्रहरी प्रमुख वरिष्ठ प्रहरी उपरिक्षक विष्णुहरि गौतमले सपथ ग्रहण गराएका थिए । कार्यक्रमको अन्त्यमा पोखरा लेखनाथ महानगरपालिका कार्यालयका कार्यकारी अधिकृत दिर्घनारायण पौडेलले धन्यवाद ज्ञापन गरेका थिए । आगामी वैशाख २ गते सफाई अभियान अर्मलाबाट सुरु हुने जनाइएको छ ।
 

© 2016 Radio Safalta 103.4 MHz.All Rights Reserved.

Powered By : i-Tech Nepal