भदौरे स्वास्थचौकिको सामाजिक परिक्षण तथा आमभेला सम्पन्न

 भदौरे स्वास्थचौकिको सामाजिक परिक्षण तथा आमभेला सम्पन्न भएको छ । जिल्ला जनस्वास्थ्य  कार्यलयका सिनियर अहेब प्रकाशचन्द्र बरालको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा प्रमुख अतिथि बरालले जनताको स्वास्थ्य सेवाका लागि राज्यले गरेको लगानिको उचित सदुपयोग हुनुपर्नेमा जोड दिदै अपायक स्वास्थ्य चोकि र बर्थिङ सेन्टर लगायतका समस्या समाधानका लागि आबस्यक पहल गरिने बताए । सुसासनका लागि नागरिक समाजका कार्यक्रम अधिकृत भानु पराजुलिले स्वास्थ चौकिको सामाजिक परिक्षण गर्नुको आबस्यकता र सबैका लागि स्वास्थसेवाको सहज पहुच र जवाफदेहिता बारे प्रकाश पारेका थिए । सुनासका सदस्य बिष्णु अधिकारिले स्वास्थ चौकिबाट प्रवाह गरिएको स्वास्थ सेवाको बिबरण प्रस्तुत गरेका थिए ।  ब्यबस्थापन समितिका अध्यक्ष शेरबहादुर कुवरको अध्यक्षतामा भएको कार्यक्रममा स्वास्थ चौकि परमुख यादब राज दाहालले स्वास्थ चौकिबाट उपलब्ध सेबाको जानकारि गराएका थिय  । कार्यक्रममा नेपाली काङ्ग्रेस का  बिष्णुप्रसाद पराजुलि,नेकपा एमालेका दामबहादुर बिक माओबादि केन्द्र का घनस्याम पराजुलि , सेवाग्राही तथा समाजसेबि लक्ष्मीप्रसाद भण्डारी ,टङक पराजुलि, रुकमिणि पराजुलि लगायतले भदौरे स्वास्थ्य चौकि सबैलाई पायक नपरेको , बर्थिङ सेन्टर नभएको ,लगायत समस्या रहेको हुदा सहज स्वास्थ्य सुबिधाको लागि ब्यबस्था गरिनुपर्ने बताए । 

© 2016 Radio Safalta 103.4 MHz.All Rights Reserved.

Powered By : i-Tech Nepal