मधेसी मोर्चा नआएपनि निर्वाचन रोकिन्न : सभापति देउवा

मोरङ, चैत १८ – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मधेसी मोर्चा चुनावमा नआएपनि चुनाव नरोकिने बताउनुभएको छ । आम नागरिकमा चुनावी उत्साह बढीसकेकोले कुनैपनि हालतमा चुनाव नरोकिने उहाँले बताउनुभयो । विराटनगर बिमानस्थलमा पत्रकारसँग कुरा गर्दै सभापति देउवाले मधेसी मोर्चालाई सहमतिमा ल्याएर चुनावमा लैजानको लागि सिमांङकन बाहेकका सबै बिषयमा सहमति गर्न तयार रहेको बताउनुभयो । 

त्यस्तै उहाँले एक÷दुई दिन भित्रैमा मोर्चासँग सहमति हुने पनि विश्वास व्यक्त गर्नुभयो । ‘हामी छलफलमा लागि रहेका छौ, बैठकहरु भइरहेका छन्’ देउवाले भन्नुभयो, ‘मधेसी मोर्चासँग सिमांङकन बाहेकका सबै बिषयमा सहमति गर्न सकिन्छ ।’  विराटनगरमा नेपाली कांग्रेस मोरङले आयोजना गरेको जिल्ला सम्मेलनलाई सम्बोधन गर्न आउने क्रममा देउवाले कार्यपालिकाको अधिकार न्यायपालिकाले हस्तक्षेप गरेको स्वीकार गर्दै सरकारले गर्ने निर्णय अदालतले गरेको प्रति टिप्पणी समेत गर्नुभयो ।  

© 2016 Radio Safalta 103.4 MHz.All Rights Reserved.

Powered By : i-Tech Nepal