पेट्रोल र डिजलको भाउ बढ्यो :

नेपाल आयल निगमले पेट्रोल र डिजलको भाउ बढाएको छ । सोमबार राति १२ बजेदेखि लागू हुनेगरी निगमले पेट्रोलमा प्रतिलिटर २ र डिजल तथा मट्टीतेलको भाउ प्रतिलिटर ३ रुपैयाँ बढाएको निगमका प्रबक्ता विरेन्द्र गोइतले जानकारी दिनुभयो ।

अब पेट्रोल लिटरको ११४ रुपैयाँ पुगेको छ । डिजल र मट्टीतेलको भाउ १०१ रुपैयाँ भएको छ । निगमले यो मूल्य अन्तर्राष्ट्रिय भाउ अनुसार स्वचालित मूल्य अनुसार समायोजन भएको जनाएको छ । 

हवाई इन्धन र एल पी ग्यासको मूल्य भने यथावत छ ।  मूल्य समायोजनपछि पनि पेट्रोलमा प्रति लिटर २ रुपैयाँ ९२ पैसा र डिजेलमा प्रति लिटर २ रुपैयाँ ७२ पैसा घाटा रहेको निगमले जनाएको छ ।   यस्तै एलपी ग्यासमा प्रति सिलिण्डर ३०९ रुपैयाँ ७९ घाटा रहेको छ ।  समग्रमा निगमलाई १५ दिनमा झण्डै ३१ करोड ६७ लाख घाटा हुने देखिन्छ ।

पछिल्लो १५/२० दिनमा अन्तर्राष्ट्रिय बजारमा पट्रोलियम पदार्थको मूल्य उल्लेख्य रुपमा बढेको तथा अमेरिकी डलरको तुलनामा नेपाली र भारतीय मुद्राको अवमूल्यन भएकोले भाउ बढेको निगमको दावी छ । इण्डियन आयल कर्पोरेशनबाट १६ सेम्टेम्बरमा प्राप्त मूल्य बढेर आएकोले मूल्य विश्लेषण गरी समायोजन गरिएको पनि आयल निगमको दावी छ  ।

प्रतिकृया दिनुहोस

पेट्रोल र डिजलको भाउ बढ्यो :

गण्डकी विकास बैंकले बाँकेको कोहलपुरमा आफ्नो शाखाको औपचारीक समुद्घाटन गरेको छ । प्रमुख अतिथि कोहलपुर नगरपालिकाका मेयर श्री लुट बहादुर रावतले आफ्नो

पेट्रोल र डिजलको भाउ बढ्यो :

 यो हप्ता सुनको भाउ तोलामा १३ सय रुपैयाँ बढेको छ । सुन शुक्रबार तोलाको ५८ हजार ५ सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले

पेट्रोल र डिजलको भाउ बढ्यो :

  पोखरा, असोज ९ गते । सुनगाभा बचत तथा ऋण सहकारीको नवौ बार्षिक साधारण सभा तथा चौथौ अधिबेशनले कृष्ण बहादुर थापाको अध्यक्षतामा नौ सदस्य सञ्चालक समिति