विशाल महादेव मूर्ति निर्माण अभियानमा ऐक्यवद्धताका लागी ¥याली

 
 
   पोखरा, २९ माघ । कास्कीको पर्यटकीय स्थल पुम्दीकोटमा निर्माणाधिन १०८ फिटको विशाल महादेव मूर्ति निर्माण अभियानका लागि कार तथा मोटरसाइकल ¥यालीका साथ पोखरेली जनसमूदायले ऐक्यवद्धता प्रकट गरेका छन् ।
      मूर्ति निर्माण अभियानलाई साकार पार्ने उद्देश्यका साथ यही फागुन ३ गतेदेखि १३ गतेसम्म पुम्दीकोटमा गर्न लागिएको शिवपूराण महायज्ञ समेतको सन्दर्भ पारी पुम्दीकोट विशाल महादेव मूर्ति निर्माण एवम् पर्यटन प्रवद्र्धन उपभोक्ता समितिको संयोजनमा लगभग २५० कार र ३०० मोटरसाइकल सहितको ¥यालीले पोखरा क्षेत्रको परिक्रमा गरेको थियो ।
      पोखराको छोरेपाटनबाट सुरु भएको ¥याली विरौटा, ड्यामं साइड, सहिदचोक, फेवाताल, हल्लनचोक, सभागृहचोक, न्युरोड, चिप्लेढुङ्गा, पृथ्वीचोक, एयरपोर्ट हुँदै स्याङजा कास्कीको सीमाना कुभिण्डे पुगी पुनः छोरेपाटन आएर सम्पन्न भएको थियो ।
      पर्याप्त पर्यटकीय सम्भावना बोकेर पनि ओझेलमा परेको पुम्दीकोटमा विशाल महादेवको मूर्ति निर्माण गरी पोखराको पर्यटकीय विकासमा टेवा पु¥याउने लक्ष्यका साथ अभियान बढेको जानकारी दिदै समितिका संयोजक चन्द्रकान्त बरालले मूर्ति निर्माण सहितका लक्षित कार्य सम्पन्न गर्न ३५ करोड रुपैयाँ भन्दा बढी लाग्ने अनुमान गरिएको बताउनुभयो
      निर्माण अभियान सफल पारी पोखरा मात्र नभएर समग्र राष्ट्रकै पर्यटकीय विकासमा समेत महत्वपूर्ण योगदान गर्ने लक्ष्यका साथ समिति कृयाशिल बनेको बरालले बताउनुभयो । महायज्ञ यहि फागुन ३ गते देखी १३ गते सम्म पुम्दीकोटमा सम्पन्न हुने र महायज्ञमा विश्व विख्यात कथाबाचक इश्वरकृष्ण महाराजजीबाट कथाबाचन हुने बताइएको छ ।

 

© 2016 Radio Safalta 103.4 MHz.All Rights Reserved.

Powered By : i-Tech Nepal