गाउँलेको श्रमदानमा पर्यटकीय पदमार्ग निमार्ण

पर्वत, चैत १८ – पर्वतको पर्यटकीय स्थल हम्पालको जलजला हुँदै मोहरेडाँडा पुग्ने एक हजार एकसय मिटरको पर्यटकीय पदमार्ग लेस्पारबासीले श्रमदानमा निर्माण गरेका छन् । लेस्पार हुँदै मोहरेडाँडा सम्म पुग्नका लागि पर्यटकहरुलाई सहज होस् भन्ने उद्देश्यले गाउँले आफैंले एक लाख  रुपेयाँ बराबरको श्रमदानमा पदमार्ग मर्मत तथा निर्माण गरेका हुन् । मोदी गाउँपालिका–४ क्याङ लेस्पारको खर्सुबास र रेशपातल सामुदायिक वन समूहमा आबद्ध उपभोक्ताहरुले ३५ वर्षदेखि पर्यटकहरुलाई आवातजावत गर्न असहज हुँदै आएको पदमार्गको पूर्ण रुपमा मर्मत कार्य गरेर सहज बनाइएको स्थानीयबासी नरसिंह पुनले जानकारी दिनुभयो । पदमार्ग निर्माण भएपछि पर्वतको सबैभन्दा अग्लो तीन हजार तीन सय मिटर उचाईमा रहेको हम्पाललेकदेखि मोहरेडाँडामा पुग्न सहज हुने भएको छ । विगतका समयमा लेस्पारबाट मोहरेडाँडा पुग्न ६ घण्टा लाग्ने पदमार्ग मर्मतपछि छोटिएर ४ घण्टामा नै पुग्न सकिने भएको छ । 

© 2016 Radio Safalta 103.4 MHz.All Rights Reserved.

Powered By : i-Tech Nepal