पाठेघरको मुखको क्यान्सर परीक्षण कार्यक्रम सम्पन्न

पोखरा, १७ चैत्र
 
नेवा मिसा पुच बागबजार बगरको आयोजना मा महिलाहरुको पाठेघरको मुखको क्यान्सर परीक्षण कार्यक्रम सम्पन्न भएको छ । शिविरमा ४२ जनाले स्वास्थ्य परिक्षण गराएका थिए ।  नेवा मिसा पुच बागबजार बगरका अध्यक्ष मिना प्रधानको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल परीवार नियोजन संघका अध्यक्ष अर्जुन सिग्देलले महिलाहरुमा हुने स्तन क्यान्सर, तथा पाठेघरको मुखको क्यान्सर लगायत बिभिन्न रोगका बारे जानकारी गराएका थिए । नेवा खल कास्कीका उपाध्यक्ष, तिर्थ श्रेष्ठले रोग लागी सके पछी उपचार गर्नु भन्दा रोग लाग्न नदिनका लागी सचेत भई बेलैमा स्वास्थ्य परीक्षण गर्न आग्रह गरे ।
नेवा मिसा पुच बागबजार, बगर का संयोजक मनलक्ष्मी श्रेष्ठले स्वागत गर्दैै नेवा मिसा पुच  बागबजार बगरले सकारात्मक कार्यहरु गर्दै आईरहेको र  भबिस्य मा पुन स्वास्थ्य परीक्षण लगायत अन्य कार्यहरु गर्दै जाने प्रतिबद्धता व्यक्त गरे । कार्यक्रम मा नेवा मिसा खल कास्की का  उपाध्यक्ष संगिता बज्राचार्य, नेवा कचा पुचका अध्यक्ष सुबिन्द्र श्रेष्ठ को सहभागिता रहेको थियो ।  कार्यक्रमको सञ्चालन सचिब रेखा ताम्राकारले गरेका थिए ।

© 2016 Radio Safalta 103.4 MHz.All Rights Reserved.

Powered By : i-Tech Nepal