हङकङले नेपाललाई दियो २१५ रनको लक्ष्य

१७ चैत, काठमाडौं । एसीसी इमर्जिङ कपमा हङकङले नेपालसामू २१५ रनको लक्ष्य प्रस्तुत गरेको छ । नेपालले केहीबेरमा जवाफी ब्याटिङ थाल्नेछ ।टस हारेर ब्याटिङ थालेको हङकङले ५० ओभरमा १० विकेट गुमाएर १२४ रन बनायो ।हङकङको सुरुवात निकै राम्रो थियो । नेपालले २० ओभरसम्म विकेट नै लिन सकेन र क्यामरन म्याकुलसन र अन्शुमान राथको पहिलो विकेटका लागि ९५ रनको साझेदारी गरे ।तर, पार्टटाइम बलरको भूमिकामा रहेका कप्तान ज्ञानेन्द्र मल्लले हङकङको महत्वपूर्ण विकेट लिए ।२०।६ ओभरमा अन्शुमानको विकेट लिएका उनले २२।२ ओभरमा क्यामरन म्याकुलसनलाई पभेलियनको बाटो देखाए । अन्शुमानले ५१ र म्याकुलसनले ४३ रन बनाए ।लगतै सन्दिप लामिछानेले तेस्रो सफलता दिलाए । उनले नजाकत खानलाई ज्ञप्तान ज्ञानेन्द्रको हातबाट क्याच गराए । खान मात्र ६ रनमा आउट भए । बाबर हायात मात्र ९ रनमा भुवन कार्कीको शिकार भए ।
तर, पाँचौं विकेटका लागि वाकस खान र वाजिद शाहले २६ रनको साझेदारी गरे । ४२ औं ओभरमा सुसन भारीले लगातार दुई विकेट लिए । यो ओभरको तेस्रो बलमा खानलाई विनोद भण्डारीको हातबाट क्याच गराएका उनले पाँचौं बलमा बाजिदको विकेट लिए । खानले ३० र शाहले १६ रन जोडे ।
सातौं विकेटका लागि इशान खानसँग २७ रनको साझेदारी गरेका को विकेट भुवन कार्कीले लिए । उनी २२ रन बनाएर आउट भए । साहिद वासिफले १८ रन जोडे । झाथा सुब्रमन्यन ३ र किल इसाई शून्यमा आउट भए ।तनवीर अहमद ९ रनमा अविजित रहे ।

© 2016 Radio Safalta 103.4 MHz.All Rights Reserved.

Powered By : i-Tech Nepal