पोखरामा “मिस भर्सटाईल २०७४” :

                 
पोखरा,१५ चैत ।
 
पोखरामा “मिस भर्सटाईल २०७४” हुने भएको छ ।  सारेगम इन्टरटेनमेन्ट हाउसले एसर्ईई दिएर बसेका छात्राहरुलाई सवल, सक्षम बनाई उनीहरुका प्रतिभा प्रस्फुटन गराउने उद्देश्यले सो कार्यक्रमको आयोजना गर्ने भएको हो ।
 
व्यक्तिलाई हरेक पक्षमा पर्खर बनाउनुपर्छ भन्ने उद्देश्यले अहिले चलिरहेको व्युटि प्रिजेन्ट भन्दा पृथक तरिकाले मिसभर्सटाईलको आयोजना गरिने कार्यक्रम संयोजक सुरेनकुमार शुसिलले जानकारी दिए । उनका अनुसार कार्यक्रममा सहभागि हुने छात्राहरुलाई आरजे, भिजे, ¥याम वाल्क, म्युजिक तथा डान्स , मोटिभेसनल, फोटोसेसन, वुमन इम्पावरमेन्ट क्लास, पोलिटिसियन लगायतका विषयमा २५ दिन प्रशिक्षण गराईनेछ । यो कार्यक्रम विषेशतः अवार्ड वेश र टिभी रियालिटी शोमा केन्द्रित हुनेछ ।
 
 
मिस भर्सटाईल विजेता, फस्ट रनर अफ र सेकेन्ड रनर अफ हुनेले क्रमशः ३० हजार, २० हजार र १५ हजार रुपैयाँ नगद पुरस्कारको साथमा सिल्भर क्राउन, छात्रवृत्ति साथै अन्य अवसरहरु प्राप्त गर्नेछन् भने कार्यक्रममा प्रवेश शुल्क १० हजार रुपैयाँ लाग्ने पत्रकार सम्मेलनमा जानकारी गराईयो ।
 
आगामी जेठ १३ गते पोखरा उद्योग वाणिज्य संघमा फाइनल हुने यस कार्यक्रमको लागि छिट्टै नै दर्ता खुल्ला गरिने संयोजक शुसिलले जानकारी दिए । सारेगम इन्टरटेनमेन्ट हाउस २०६६ सालमा स्थापना भई पोखराको क्षेत्रमा कला र संस्कृतीको जर्गेना गर्ने काम गर्दै आएको संस्था हो । 

© 2016 Radio Safalta 103.4 MHz.All Rights Reserved.

Powered By : i-Tech Nepal