इन्द्रा स्मृति मानव मिलन नारी पुरस्कार २०७३ - नेपाल अपांग महिला संघ कास्कीका अध्यक्ष जमुना पौडेल सम्मानित

सामाजिक क्षेत्रमा क्रियाशिल संस्था मानव मिलन नारि जागरणद्धारा स्थापित इन्द्रा  स्मृति मानव मिलन नारी पुरस्कार २०७३ बाट नेपाल अपांग महिला संघ कास्कीका अध्यक्ष जमुना पौडेल आज सम्मानित हुनुभएको छ । अपांगता भएकालाई सहानुभूति होइन अवसर दिलाउँ, स्वालम्बन जीवन जीउँ,भेदभाव हटाऊँ भन्ने नारा लिएर अघि बढेकी पौडेललाई प्रमुख अतिथि संकल्पका पश्चिमाञ्चल संयोजक एवं पोखरा उपमहानगरपालिकाका कार्यक्रम अधिकृत दुर्गा न्यौपानेले १० हजार १ सय ५१ नगदसहित दोसल्ला र सम्मानपत्रले सम्मान गर्नुभयो । सम्मान अर्पण गर्दै न्यौपानेले फरक क्षमता भएका व्यक्तिको बौद्धिकता र क्षमतालाई पहिचान गरेर सम्मान गर्नु निकै उदाहरणीय कार्य भएको बताउनु भयो । समाजमा अझै पनि सोचका अपांग भएकाहरुले शारीरिक अपांग भएका प्रति सकारात्मक दृष्टिकोण राख्न नसक्दा अपांग मैत्री समाज बन्न नसकेको बताउनु भयो । सामाजिक रुपान्तरणकालागि मानवले मानवीयता भुल्न नहुने उहाँको भनाई थियो । कार्यक्रमका विशेष अतिथि स्वतन्त्र पत्रकार महासंघका केन्द्रिय अध्यक्ष कृष्णप्रसाद बाँस्तोलाले फरक क्षमता भएका व्यत्तिहरुको सम्मानले सकारात्मक सन्देश प्रवाह गर्ने बताउनु भयो । अझै पनि समाज र राज्यबाट फरक क्षमताभएकाहरुलाई सहाभुतिको पात्र बनाइरहँदा उनीहरु अवसरबाट बञ्चित भएको उहाँको भनाई थियो । वानका केन्द्रिय सचिव दुर्गा अधिकारीले  अपांग नागरिकको व्यवहारिक पक्षलाई ध्यान दिन नसक्दा धेरै शारीरिक अपांगता भएकाह?को क्षमताको पहिचान हुन नसकेको बताउनु भयो । पत्रकार महासंघका केन्द्रिय सदस्य सुस्मा पौडेले मानव मिलनले सामाजिक क्षेत्रका व्यक्तिको खोजि गरी सम्मान गर्दै आएको भन्दै परिवर्तनकालागि सकारात्मक सोच र विभेद रहित समाजको खाँचो औल्याउनु भयो । अधिवक्ता एवं छनोट समितिका सदस्य भगवति पहारीले अपांग महिलाको क्षेत्रमा क्रियाशिल रहेर सामाजिक परिवर्तनमा लागि परेकी पौडेलको कार्य जो कोहिको लागि प्रेरणामुलक रहने विश्वास व्यक्त गर्नु भयो । अपांग महिला सशक्तिकरण केन्द्र कास्कीका अध्यक्ष अन्जना के.सीले महिला र त्यस माथि अपांग महिला भएर बाँच्न धेरै समस्याहरु झेल्नु पर्ने बताउनु भयो । केसीले दोहोरो विभेदको मार अपांग महिलामाथि भएको बताउनु भयो ।संस्थाका संस्थापक अध्यक्ष सावित्रि शर्माले संस्थापक कोषाध्यक्ष इन्द्रा क्षेत्री सामाजिक व्यत्तित्व भएको भन्दै उहाँका बाँकी सपना पुरा गर्न १३ औं दिनको पुण्य तिथीमा रु २५ हजारबाट अक्षयकोषको स्थापना गरी पुरस्कार शुरु गरेको बताउनु भयो । सम्मानित व्यत्तित्व जमुना पौडेल सम्मानले आफुलाई अपांगता भएका महिलको क्षेत्रमा अझै क्रियाशिल भएर काम गर्ने ऊर्जा प्रदान गरेरको जिम्मेवारी थपिएको बताउनु भयो । आफुले सम्मान पाउँछु भन्ने कहिल्यै नसोचे पनि परिवर्तनकालागि सोच राखेर अगाडि बढिरहँदा त्यसको  मूल्याकंन भएकोमा खुशि लागेको बताउनु भयो ।  समाज परिवर्तनकालागि विशेष भुमिका खेलेका एक महिलालाई प्रत्येक वर्ष सम्मान गर्ने गरिन्छ । यस अघि उक्त पुरस्कारबाट एच आइ भि संक्रमित लक्ष्मी अधिकारी, खेलाडी सिता गुरुङ् र राजनीतिज्ञ सृजना शर्मा  सम्मानित भइसकेका छन् । संस्थाका अध्यक्ष पार्वती पौडेलको सभाध्यक्षतामा सम्पन्न कार्यक्रममा उपाध्यक्ष रमा ढकालले स्वागत र संचालन कमला गिरीले गर्नु भएको थियो । 

© 2016 Radio Safalta 103.4 MHz.All Rights Reserved.

Powered By : i-Tech Nepal