बिश्व रंगमञ्च दिबसको अबसरमा पोखरा थियटरको शिलान्यास

 
पोखरा, १४ चैत । बिश्व रंगमञ्च दिबसको अबसरमा पोखरामा पोखरा थियटरको शिलान्यास गरीएको छ । पञ्चामृत नाट्य समुह पोखराको ब्यबस्थापनमा पोखरामा निमार्ण हुन लागेको थियटरको ५६ बिश्व रंगमञ्च दिबसको अबसर पारेर सोमबार शिलान्यासको गरीएको हो । थियटरको कास्की जिल्लाबाट ब्यबस्थापिका संसदमा प्रतिनिधित्व गर्ने प्रमुख  दलका सांंसदहरुले एकै साथ शिलान्यास गरेका हुन् । थियटरको नेपाली कांग्रेसकी सांसद सारदा पौडेल, नेकपा एमालेका सांसद तथा संंसद विकाश समितीका सभापती रबिन्द्र अधिकारी र नेकपा माओबादी केन्द्रकी सांसद तेज कुमारी पौडेलले एकै साथ शिलान्यास गर्नुभयो । कार्यक्रममा नेपाली कांग्रेसकी सांसद सारदा पौडेलले पोखरालाई नाटकको शहरको रुपमा बिकाश गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले नाटक र नाट्य क्षेत्रको बिकाशको लागि आफुले सक्दो सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गर्नुभयो । नेकपा एमालेका सांसद तथा संसद बिकाश समितीका सभापती रबिन्द्र अधिकारीले नाट्य क्षेत्रलाई ब्यबसायी बनाउनु पर्ने बताउनुभयो । उहाँले थियटर लगायतका आबश्यकीय पुर्बाधारको अभाबमा यस क्षेत्र ब्यबसायीक बन्न नसकेको बताउदै पोखरामा थियटर निमार्ण नाटकले निरन्तरता पाउने संकेत भएको बताउनुभयो । त्यस्तै नेकपा माओबादी केन्द्रकी सांसद  तेजकुमारी पौडेलले कलालाई सम्मान गर्नु राज्यको प्रमुख दायित्व भएको बताउनुभयो । उहाँले निरन्तरता र ब्यबसायीकता कला क्षेत्रको मेरुदण्ड भएको बताउनुभयो । कार्यक्रममा अग्रज रंगकर्मी प्रकट पंगेनी , बरिष्ट रंगकर्मी हेमन्त पराजुली “हितैषी”, जग्गा धनी शंकरनाथ कोइराला, नेपाल नाट्य समुहका अध्यक्ष किसोर अनुरागी लगायतले मन्तब्य राख्नुभएको थियो ।  
पोखरा लेखनाथ महानगरपालीकाको गैह्रापाटन  स्थित सवा एक रोपनी क्षेत्रफलको जग्गामा  निमार्ण हुन लागेको थियटरको लागत ५० लाख  लाग्ने भएको छ । नाट्य समुह र पोखराका स्थानिय जग्गा धनी  शंकरनाथ कोइराला बिच मासिक १५ हजार भाडा तिर्ने गरी सम्झौता भएको छ ।नाट्य समुहले १० बर्ष सम्म जग्गा प्रयोग गर्न सक्ने पञ्चामृत नाट्य समुह तथा थियटर निमार्ण समिती संयोजक परिवर्तनले जानकारी दिनुभयो । निर्माण हुन लागेको सुबिधा सम्पन्न अत्याधुनिक  थियटरबाट एकै साथ २०० जनाले नाटकको मज्जा लिन सक्ने छन् । थियटरमा १०० भन्दा बढी मोटरसाइकल र गाडीका लागी समेत  पार्किङ स्थल निर्माण गरीने छ  ।  थियटरलाई बहुउदेश्यीय हलको रुपमा पनि प्रयोग गर्न सकिने छ । थियटर साउनसम्ममा संंञ्चालनमा ल्याउने लक्ष्य राखिएको छ । 
 
थियटरले नाटकलाई जिबन्त बनाउन महत्वपुर्ण भुमिका खेल्ने छ । थियटर निमार्ण पोख्रेली रंगमञ्चको बिकाशमा कोषेढुंगा साबित हुने र यसले पुराना नाट्यकर्र्मीलाई रंगमञ्चमा फर्कन पुनः दबाब दिने अपेक्षा गरीएको छ । शिलान्यासका अबसरमा समुहले थियटर निमार्णसंगै छिटै नयाँ नाटक मञ्चन गर्ने भएको छ । 
पोखराको नाट्य क्षेत्रमा सक्रिय समुहले यस अघि नाटक पुलिस र प्यास, मौसम हराएको देश र नाटक एक रुपैयाँ सफलता पुर्बक मञ्चन गरी सकेको छ । पोखरा थियटरमा दिल प्रसाद गुरुङ, बिष्णु प्रसाद गौतम र परिबर्तनको संयुक्त लगानी रहने छ ।
पोखरा थियटर शिलान्यासको अबसरमा वरिष्ट पत्रकार राजाराम पौडेल र अग्रज रंगकर्र्मी हेमन्त हितैषीलाई सम्मान गरीएको छ । उहाँहरुलाई कास्की जिल्लाबाट ब्यबस्थापिका संसदमा प्रतिनिधित्व गर्ने सांंसद त्रेय सारदा पौडेल,रबिन्द्र अधिकारी र तेज कुमारी पौडेलले  एकै साथ दोसल्ला र सम्मानपत्रले सम्मान गर्नुभएको हो । वरिष्ट पत्रकार पौडेललाई पत्रकारीताका माध्यमबाट रंगकर्ममा पुर्याएको योगदान स्वरुप सम्मान गरीएको हो ।त्यस्तै अग्रज रंगकर्मी हितैषीलाई पोखराको रंगकर्ममा  योगदान पुर्याए वापत सम्मान गरीएको हो । पत्रकार पौडेल कान्तिपुर पब्लिकेशन र पोखराबाट प्रसारण हुने सुनौलो एफ एममा कार्यरत रहनुभएको छ । पुराना रंगकर्मी हितैषीे बिगत ३ दशक देखी पोखराको रंगमञ्चमा सक्रिय रहनुभएको छ । हितैषीले पञ्चामृत नाट्य समुहले यस अघि मञ्चन गरेको नाटक पुलिस र प्यास, मौसम हराएको देश र नाटक एक रुपैयाँमा महत्वपुर्ण भुमिका निर्वाह गर्नुभएको थियो । साथै नाट्य समुहले प्रत्येक बर्षको बिश्व रंगमञ्च दिबसको अबसरमा रंग क्षेत्रमा सत्रिय पत्रकार र रंगकर्मीलाई सम्मान गर्ने अध्यक्ष परिबर्तनले जानकारी दिनुभएको छ । 
 
 

© 2016 Radio Safalta 103.4 MHz.All Rights Reserved.

Powered By : i-Tech Nepal