नेवा मिसा पुच कास्कीमा शान्ती :

 
पोखरा, १३ चैत्र
कास्की भर रहेका नेवार महिलाहरुको छाता संगठन नेवा मिसा पुचको अधिबेशन सम्पन्न भएको छ । अधिबेशनले पुनः शान्ती उदासको नेतृत्वमा १५ सदस्यीय नया कार्यसमिती चयन गरेको छ । पुचको प्रथम उपाध्यक्षमा मेनुका श्रेष्ठ, द्धित्तिय उपाध्यक्ष संगीताबज्राचार्य, महासचिब शक्ती प्रधानाङ्ग, उप महासचिब रेविका श्रेष्ठ, कोषाध्यक्ष कल्याणी श्रेष्ठ, सहकोषाध्यक्ष किरण बिजुक्छे चयन भएका छन् । अधिबेशनले कार्यसमिती सदस्यहरुमा मनलक्ष्मी श्रेष्ठ, अन्जु बाटाजु, रजनी श्रेष्ठ, देविका श्रेष्ठ, सोनी ढेवाजु, समिता रञ्जित, सरु श्रेष्ठ र सरस्वती श्रेष्ठलाई चयन गरेको छ । यसैगरि आमन्त्रित सदस्यहरुमा सविना बिजुक्छे, मिरा श्रेष्ठ , पुण्यलक्ष्मी लाभाजु, डिनु श्रेष्ठ, निर्मला श्रेष्ठ, रेश्मा श्रेष्ठ, सरस्वती श्रेष्ठ, आरती श्रेष्ठ, मिना श्रेष्ठ र लक्ष्मी प्रजापतिलाई चयन गरेको छ । यसैगरि सल्लाहकारहरु बुद्धलक्ष्मी मुल्मी र मोहिनी श्रेष्ठ चयन भएका छन् ।
कार्यक्रममा हालै नेवा खलः कास्कीको आयोजनामा सम्पन्न मिस नेवा पोखरा ११३७ का विजेता अंशु शाक्य रनर अप निकिता लिगल,  प्राथर्ना डंगोल लगायत सहभागीहरु तथा नेवा मिसा पुच कास्कीको आयोजनामा भएको झ्व भ्वयका संयोजक मोहिनी श्रेष्ठलाई सम्मान गरिएको थियो । उक्त अवसरमा नेवा मिसा पुचले नेवारी खानाको सभ्यता संरक्षणका लागि आयोजना गरेको सामुहिक नेवारी भोज झ्व भ्वयबाट बचेको रकम रु ५० हजार नेवा छेँको निर्माण कार्य सम्पन्न हेतु कार्यक्रम संयोजक मोहिनी श्रेष्ठले खलका अध्यक्ष अशोक पालिखेलाई हस्तान्तरण गरेका थिए । कार्यक्रममा बिभिन्न शिर्षकमा पुचका कास्की भर रहेका शाखा मध्य नेवा मिसा पुच पृथ्बीचोक, नयाबजार, तेर्सापट्टी, नदिपुर, बगर र सितलादेबी शाखाहरुलाई उत्कृष्टताका आधारमा सम्मान गरिएको थियो ।
यस अघि कार्यक्रमको उद्घाटन गर्दै नेवा खल कास्कीका अध्यक्ष अशोक पालिखेले जुनसुकै जातजातीको संस्कार र संस्कृतिलाई जिवन्त राख्न महिलाहरुको प्रमुख भुमिका हुने कुरामा जोड दिंदै आमाले सन्तानलाई घरमै आफ्नो भाषा, संस्कार र संस्कृतिका बारेमा सिकाउने गरे मात्रै यसले निरन्तरता पाउने बताए । नेवा मिसा पुच कास्की अध्यक्ष शान्ती उदासको अध्यक्षतामा भएको कार्यक्रममा नेवा मिसा दबुका केन्द्रिय उपाध्यक्ष योगिता श्रेष्ठ, गगनगौंडा मिसा पुच अध्यक्ष सरु श्रेष्ठ, नेवा देय दबु काठमाण्डौंका पुर्व महासचिब पवित्र वज्राचार्य, निर्वाचन कार्यक्रम संयोजक तथा नेवा खलः कास्की उपाध्यक्ष तिर्थ श्रेष्ठ लगायतले बोलेका थिए । कार्यक्रममा कोषाअध्यक्ष कल्याणी श्रेष्ठले आर्थिक प्रतिवेदन  , महासचिब संगीता बज्राचार्यले जिल्लाको बार्षिक तथा शक्ति प्रधानाङ्गले कचा शाखाहरुको प्रतिवेदन प्रस्तुत गरेका थिए भने स्वागत मेनका श्रेष्ठले गरेका थिए ।
 

© 2016 Radio Safalta 103.4 MHz.All Rights Reserved.

Powered By : i-Tech Nepal