प्रतिभा मिलन आमा समुहको प्रथम साधरण सभा सम्पन्न :

पोखरा ११
पोखरा उपमहानगरपलिका तल्लो सिमलचौर ८ मा रहेको प्रतिभा मिलन आमा समुहको प्रथम साधरण सभा  सम्पन्न भएको छ ।कार्यक्रमका प्रमुख अतिथि तथा पोखरा उपमहानगरपासलकाका सामाजीक शाखाका वरिष्ट शाखा अधिकृत ओम राज पौडेलले कार्यक्रममा समाजमा रहेको सम्पुर्ण वर्गका महिलाहरुलाई समेटेर आमा समुहले रचनात्मक कार्य गर्नुपर्ने बताउदै  समाजमा अन्य समुह भन्दा फरक पहिचान राखेर अगिबढ्नुपर्नेमा जोड दिनुभयो । साथै कार्यक्रममा बोल्दै पौडेलले गुणस्तरिय कामलाई आमा समुहले प्रथामिकताका साथ अगाडी बढाएमा आफुले गर्न सक्ने सहोग सदैव गर्न तयार रहेको प्रतिवद्धता व्यत गर्नुभयो ।कार्यक्रममा  सचिव ज्वति पौडेलले प्रस्तुत गरेको वार्षिक प्रतिवेदन आमा समुहका सम्पुर्ण सदस्यहरु द्धारा सभामा पास गरिएको थियो । कार्यक्रममा प्रतिभा मार्ग  टोल सुधार का अध्यक्ष डिल्ली राज पौडेल, वडा संन्वय समितिका अध्यक्ष तथा नारि परोपकार आमा समुहकी अध्यक्ष  शारदा गिरी, महिला हिमचुलि बचत तथा सहकारी संस्थाका अध्यक्ष सत्यम चालिसे, रत्नज्वति उच्च माविका प्रध्यानध्यापक हेमन्त अधिकारी, अन्नपुर्ण रोटरीका अध्यक्ष रस्मी चालिसे, प्रतिभा मिलन आमा समुहका सल्लाहाकार सरस्वति अधिकारी, महाकालि बराल, हरि लामछिाने लगाएतले शुभकामना मन्तव्य व्यत गर्नुभएको थियो । समुहकी अध्यक्ष कमलाकुमारी शर्माको अध्क्षतामा भएको कार्यक्रममा कोषध्यक्षको प्रतिबेदन अन्जु चालिसे ले प्रस्तुत गर्नुभएको हो र कार्यक्रममा स्वागत मन्तव्य उपाध्यक्ष प्रभा अधिकारीले राख्नुभएको थियो । 
 

© 2016 Radio Safalta 103.4 MHz.All Rights Reserved.

Powered By : i-Tech Nepal