लायन्स क्लब माछापुच्छ«े द्वारा आँखा शिविर सहित विभिन्न कार्यक्रम सम्पन्न :

 
 पोखरा, १३ चैत
 लायन्स क्लब अफ  पोखरा माछापुच्छे«ले शनिबार लमजुङको मध्यनेपाल नगरपालिका वडानं ७मा आँखा शिविर सम्पन्न गरेको छ । कार्यक्रमका प्रमुख अतिथि एवं क्लबका रिजन चेयर पर्सन लायन तोरण कुवंरको प्रमुख आतिथ्यतामा भएको कार्यक्रमको शुभारम्भ ८८ बर्षिय स्थानीय  झ्याउरी कुमारी घिमिरे लाई प्रमुख अतिथि कुवंरले प्रि किप्सन हस्तान्तरण गरेर शुरु गर्नुभएको थियो ।  लियो क्लब अफ पोखरा माछापुच्छे« समेतको आयोजनामा भएको आँखा शिविरमा ३ सय ३६ जनाले आँखा परिक्षण गराएको क्लबकका अध्यक्ष सुदर्शन बाटाजुले बताउनु भएको छ । हिमालय आँखा अस्पतालका नेत्र अधिकृत गोविन्द नाथ योगीको नेतृत्वमा गएको प्राविधिकहरुको टोलीले आँखा परिक्षण गरेको थियो  ।
कार्यक्रम लाई सम्बोधन गर्दे प्रमुख अतिथि कुवंरले आर्थीक अभावको कारण मोतिया बिन्दुले गर्दा उज्यालो संसार देख्नबाट बञ्चित हुन नपरोस भन्दै लायन्स क्लबले बार्षिक रुपमा आँखा शिविर सञ्चालन गर्दे आएको बताउनु भयो । नेत्र अधिकृत गोविन्द नाथ योगीले बालबालिका देखि ज्येष्ठ नागरिक सवै लाई हरियो साग र पहेलो फलफूल खानमा जोड दिनुभयो । उहाले शिविरमा २ सय ५ महिला र १ सय ३१ पुरुषको आँखा परिक्षण गरिएको बताउदै ५ जना ज्येष्ठ नागरिकमा मोतिया बिन्दुको समस्या देखिएको बताउनु भयो ।
यसै विच क्लबका दितिय उपाध्यक्ष एवं चस्मा वितरणका स्पोन्सर कर्ता कपिल पोखरेलले एक सय भन्दा बढि  चस्मा निशुल्क वितरण गरिएको बताउनु भयो ।
क्लबका पुर्व अध्यक्ष गगन घिमिरेले क्लबले तेस्रो बर्ष सम्म लगातार करापुटारमा रहेको कुसुमाकर माविमा आँखा शिविर गरेर स्थानीय लाई सहयोग गरेको बताउनु भयो ।
यसै विच कास्कीको रुपा गाँउ पालिका वडानं ७मा रहेको देउराली आधारभूत विद्यालयमा स्कुल ब्याग संगै स्टेशनरी सामान वितरण सम्पन्न भएको छ । ४५ जना विद्यार्थीरहेको सो विद्यालयमा हिमालय आँखा अस्पतालका नेत्र अधिकृत गोविन्द नाथ योगी,क्लबका अध्यक्ष सुदर्शन बाटाजु, पुर्व अध्यक्ष गगन घिमिरे लगायतले विद्यार्थीहरु लाई सो सामाग्री हस्तान्तरण गर्नुभएको थियो । क्लबका पुर्व अध्यक्ष घिमिरेले सो सामाग्री स्पोन्सर गुर्नभएको क्लबले जनाएको छ ।कार्यक्रममा क्लबका निर्देशक राजविक्रम ध्वजु,सुमन पौडेल लगायत बोल्नु भएको थियो । यस्तै क्लबले शनिबारनै मध्यनेपाल नगरापलिका रामबजार रहेको स्कोनमा १५ थान कम्बल हस्तान्तरण गरेको छ  । आश्रमममा बास बस्नेहरु लाई सहजताको लागि क्लबका सदस्य गणेश पोखरेलले कम्बल स्पोन्स गर्नुभएको हो । कार्यक्रममा लियो क्बल अफ पोखरा माछापुच्छ«े अध्यक्ष आशिष पौडेल सहित उलेख्य लियो सदस्यहरुको सहभागिता रहेको थियो ।क्लबका लायन सुदर्शन बाटाजुले कार्यक्रम सफलबनाउन सहयोग गर्ने सवै प्रति आभार प्रकट गर्नुभयो । बाटाजुले आफुहरु निरन्तर सामाजि कार्यमा लागिरहने पनि बताउनु भयो ।

© 2016 Radio Safalta 103.4 MHz.All Rights Reserved.

Powered By : i-Tech Nepal