तनहुँ सम्पर्क समाजको स्थापना दिवसमा रक्तदान कार्यक्रम :

 
पोखरा, १२ चैत । तनहुँ सम्पर्क समाज पोखराको १५औं स्थापना दिवसको अवसरमा शनिबार रक्तदान कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रमबाट ३४ युनिट रगत संकलन भएको छ । 
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा. बुद्धिबहादुर थापाको प्रमुख आतिथ्यतामा तथा समाजका अध्यक्ष शिवराज पौडेलको अध्यक्षतामा कार्यक्रम भएको हो ।
रचनात्मक काम गरेर स्थापना दिवस मनाउने सन्दर्भमा रक्तदान कार्यक्रम आयोजना गरिएको समाजका अध्यक्ष पौडेलले जानकारी दिए । समाजका सदस्य जगन्नाथ गौतमको संयोजकत्वमा कार्यक्रम भएको हो । 
कार्यक्रममा समाजका संस्थापक अध्यक्ष चन्द्रबिक्रम अधिकारी, निबर्तमान अध्यक्ष ईश्वरप्रसाद सुवेदी, समाजका सचिव भुवन पराजुली लगायतले बोलेका थिए ।
 

© 2016 Radio Safalta 103.4 MHz.All Rights Reserved.

Powered By : i-Tech Nepal