नेशनल प्याब्सान कास्कीको खेलकुद महोत्सव जारी

पोखरा,  मंसिर। निजि तथा आवासिय विद्यालयहरुको छाता संगठन राष्ट्रिय निजि तथा आवासीय विद्यालय एशोसियसन नेपाल, कास्की (एन प्याब्सान कास्की)को आयोजनामा भएको एन प्याब्सान खेलकुद महोत्सव बुधबार पनि जारी छ ।

महोत्वसवको १२ औ सस्करण अन्तर्गत बुधबार छात्र फुटबल तर्फ  हेम्जा वोर्डिङ स्कूल, कास्की मोडनाईज्ड एकेडेमी, पोखरा क्याव्रिज्ड, ज्ञानज्योति विद्याकुञ्ज विजयी भएको छात्र तर्फको फुटबल उपसमिति संयोजक राजु केसीले जानकारी दिए ।

छात्रा फुटबल तर्फ कास्की मोडनाईज्ड एकेडेमी, साइनि· स्टार, पोखरा क्याव्रिज्ड र चिल्ड्रेन्र्स एकेडेमी विजयी भएको छात्रा तर्फको फुटबल उपसमिति संयोजक हिमाल गुरुङले जानकारी दिए ।

त्यस्तै छात्रा वास्केटबल तर्फ चिल्ड्रेन्र्स एकेडेमी, युनिभर्स बोर्डिङ स्कूल, हावर्ड एकेडेमी र छात्र तर्फ राइजि· स्टार, ज्ञानज्योति विद्याकुञ्ज अक्सफोर्ड स्कूल, कास्की मोडनाइज्ड एकेडेमी र न्यू ग्यालेक्सी विजयी भएको वास्केबल उपसमिति संयोजक राजु कायस्थले जानकारी दिए ।

भलिबल छात्र तर्फ विरेन्द्र मेमोरियल, हेम्जा वोर्डिङ स्कूल, सिद्धार्थ लवडेल गोर्खा इंगलिस वोर्डिङ स्कूल र छात्रा तर्फ वड्र्स एकेडेमी, कास्की मोडनाईज्ड र गोर्खा इंगलिस वोर्डिङ स्कूल विजयी भएको भलिबल उपसमिति संयोजक प्रकाशराज वाग्लेले जानकारी दिए ।

ह्याण्डबलमा छात्र तर्फ कास्की मोडनाईज्ड एकेडेमी, एल पी देवकोटा, त्रिवेणी पब्लिक, ज्ञानज्योति विद्याकुञ्ज र वर्डस् एकेडेमी तथा छात्रा तर्फ हेम्जा वोर्डिङ स्कूल, अक्सफोर्ड स्कूल र ज्ञानज्योति विद्याकुञ्ज विजयी भएको ह्याण्डबल उपसमिति संयोजकमा अर्जूनप्रसाद अधिकारी जानकारी दिए ।

पोखरा रंगशालामा भएको महोत्सव २१ गते सम्म चल्ने छ । एन प्याब्सान कास्कीको संकल्प ः खेलकुद शिक्षाको अभिन्न अंग’ भन्ने मुल नारा लिएको उक्त प्रतियोगितामा फुटबल, भलिबल, टेबुलटेनिस, ह्याण्डबल, बास्केटबल तथा एथलेटिक्स प्रतियोगिता जुनियर र सिनियर तहमा सञ्चालित हुने प्रचार प्रसार उपसमिति संयोजक प्रेमराज अधिकारीले जानकारी दिए ।

महोत्सवमा नेसनल प्याब्सान, कास्कीमा आवद्घ ४५ विद्यालयका करिव ८ हजार खेलाडी विद्यार्थीले सहभागिता जनाउने र विद्यार्थी र अभिभावक गरी ३० हजारले अवलोकन गर्ने एन प्याब्सान कास्कीको दावि छ ।

प्रतिकृया दिनुहोस

नेशनल प्याब्सान कास्कीको खेलकुद महोत्सव जारी

एभरेष्ट प्रिमियर लिगमा ललितपुर प्याट्रियट्सले पोखरा राइनोजलाई ८ विकेटले हराएको छ । प्रतियोगितामा ललितपुरको लगातार दोस्रो जित हो भने पोखराको

नेशनल प्याब्सान कास्कीको खेलकुद महोत्सव जारी

पोखरा, २३ मंसिर । भूतपूर्ब खेलाडी मंच नेपालले पोखरामा यहि फागुन ७ गते आयोजनागर्ने १३ औं संस्करणको सफल अन्तर्राष्ट्रिय पोखरा म्याराथनका लागि लन्डनमा

नेशनल प्याब्सान कास्कीको खेलकुद महोत्सव जारी

एभेरेष्ट प्रिमियर लिगमा ललितपुर पेट्रियट्सले चितवन टाइगर्सलाई ११ रनले हराएको छ । कीर्तिपुर क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको