स्वरेकको एम्बुलेन्स अभियानमा डाक्टर जय बहादुर खत्री द्वारा २० हजार भन्दा बढि सहयोग :

 पोखरा, १० चैत

स्याङजाको पर्यटकीय ठाँउ स्वरेकमा एम्बुलेन्स सञ्चालनको लागि शुरु गरीएको आर्थिक संकलन अभियान जारी रहेको छ । यसै विच साविकको स्वरेक ४ , हालको वालिङ वडान ११ घर भई पोखराको फेवासिटी र मनिपाल शिक्षण अस्पतालमा कार्यरत नशा तथा मनोरोग विशेषज्ञ डाक्टर जय बहादुर खत्रीले अभियानको सफलताको कामना गर्दे नगद २० हजार एक सय ११ रुपैया सहयोग गर्ने बताउनु भएको छ । डाक्टर खत्रीले एम्बुलेन्स सञ्चालनको लागि अक्षयकोष महत्वपुर्ण हुने बताउनु भयो ।उहाँले मानिस विरामी हुदा वा घाइते हुदा जुनसुक्कै सयम छिटो अस्पताल पु¥याउन एम्बुलेन्स प्रभावकारी हुने भन्दै राम्रो काममा सहयोग गर्न पाउदा  खुशी लागेको बताउनुृ भयो । नमुना स्वरेक सहयोगी समाज स्याङजाका अध्यक्ष समेत रहुन भएका पत्रकार पाण्डेयले अभियानमा सवैको साथ मिल्दै गएको भन्दै डाक्टर खत्रीको सहयोगले अझै आफुहरुमा उत्साह थपिएको बताउनुभयो । पाण्डेयले अभियानमा सहयोग आउनेक्रम जारीरहेको बताउदै अक्षयकोष रकम धेरै बनाउन सके स्थानीयले लाई एम्बुलेन्स प्रयोगमा विशेष छुटको ब्यबस्था गर्ने आफुहरुको सोच रहेको पाण्डेयले बताउनु भयो । उहाँले घोषणा गरेको रकम संगै  १८ लाख २० हजार पुगेको छ। अभियानमा सहयोग आउने  घोषणा हुनेक्रम जारीरहेको छ । समाजको खातामा अहिले सम्म ७ लाख ६० हजार जम्मा भएको समाजका कोषाध्यक्ष समिक्षा पराजुलीले बताउनु भएको छ ।

© 2016 Radio Safalta 103.4 MHz.All Rights Reserved.

Powered By : i-Tech Nepal