हङकङ व्यूटि यू–१९ महिला ह्याण्डबल प्रतियोगिता हुदै

पोखरा १२, मंसिर
प्रथम हङकङ व्यूटि १९ बर्ष मुनिका खेलाडीहरु सहभागि ९यू–१९० महिला ह्याण्डबल प्रतियोगिता भोलि ९विहिबार० देखि पोखरामा हुने भएको छ । कास्की जिल्ला ह्याण्डवल संघको आयोजनामा, नेपाल ह्याण्डबल संघको प्राबिधिक सहयोगमा यही मंसिर १५ गतेसम्म पोखरामा उक्त प्रतियोगिता हुने भएको संघका जिल्ला अध्यक्ष एवं प्रतियोगिताका संयोजक क्या। जगबहादुर गुरुङले बताए । पोखरामा रहेको हङकङ व्यूटि ईन्स्टिच्यूट प्रा।लि।को मुख्य प्रायोजनमा लिग
कम नकाउटका आधारमा पोखरामा हुने उक्त प्रतियोगितामा ६ टिमको सहभागिता रहेको संयोजक गुरुङले जनाए । विजेताले १० हजार र उपबिजेताले ५ हजारको साथमा ट्रफी मेडल प्रमाण–पत्र प्राप्त गर्ने भएकाछन। समुह ए तर्फ लिट्र्स प्ले ह्याण्डवल, लिटिल स्टेप र रेन्वो एकेडेमी रहेकाछन भने समुह बि तर्फ पोखरा एकेडेमी, न्यू–ग्यालेक्सि र माउन्ट अन्नपुर्ण रहेका छन। विहिबार उद्घाटन खेल लिट्र्स प्ले ह्याण्डवल बिरुद्ध लिटिल स्टेप बिच हुने भएको संघ कास्कीका सचिव टेक बहादुर गुरुङले बताए । उनका अनुसार विहिबार लिग चरणका ४ वटा खेल हुने भएको छ । पोखरामा हालै करिब एक करोडको लागतमा निमार्ण भएको ह्याण्डबल एकेडेमीको मैदानमा उक्त प्रतियोगिता हुने भएको हो । उक्त प्रतियोगिताबाट उत्कृष्ट खेल प्रर्दशन गर्ने खेलाडीहरुलाई राष्ट्रिय स्तरको खेलमा समेत सहभागि गराउन सकिने भएको नेपाल ह्याण्डवल संघका केन्द्रिय अध्यक्ष तेज बहादुर गुरुङले बताए ।
 

प्रतिकृया दिनुहोस

हङकङ व्यूटि यू–१९ महिला ह्याण्डबल प्रतियोगिता हुदै

 युएईलाई १४ रनले पराजित गर्दै नेपालले पहिलोपटक अन्तर्राष्ट्रिय टि-२० सिरिज जितेको छ । दुबई स्थित आईसीसी एकेडेमीको मैदानमा नेपालले जितको लागि

हङकङ व्यूटि यू–१९ महिला ह्याण्डबल प्रतियोगिता हुदै

पारस खड्काको कप्तानी इनिङसँगै नेपालले यूएईविरुद्धको तेस्रो एकदिवसीय म्याच ४ विकेटले जितेको छ ।  तीन म्याचको सिरिज २–१ ले आफ्नो पक्षमा पारेको छ

हङकङ व्यूटि यू–१९ महिला ह्याण्डबल प्रतियोगिता हुदै

नेपालको प्रतिष्ठित आहा रारा गोल्ड कप फुटबल प्रतियोगिता २०७५ आउदो फागुन ९ गते देखि पोखरामा हुने भएको छ । १७ औं संस्करणको उक्त प्रतियोगिता फागुन १८