पर्यटकिय गाउँ छोम्रोङ्गमा सेन्चुरी ल्होसार मेलाको तयारी :

मंसिर १२,पोखरा ल्होसार पर्वको अवसरमा सेन्चुरी युवा क्लव, छोम्रोङ्ग कास्कीको आयोजनामा पर्यटकिय गाउँ छोम्रोङ्गमा १७ औं सेन्चुरी ल्होसार मेला–२०७५ हुने भएको छ । ‘व्यक्तित्व तथा नेतृत्व विकासका लागि खेलकुद र कला संस्कृतिको संरक्षण’ भन्ने नाराका साथ पुष ५ देखि शुरु हुने महोत्सवमा पुरुष बास्केटबल तथा महिला÷पुरुष भलिबल प्रतियोगिता मुख्य आकर्षणका रुपमा रहेका छन् । बास्केटबल प्रतियोगितामा प्रथम हुने समुहले नगद ६० हजार तथा द्वितिय हुने समुहले नगद ४० हजार सहित ट्रफि मेडल पुरस्कार प्राप्त गर्नेछन् । त्यसैगरि पुरुष भलिबलमा प्रथम हुने समुहले नगद ६० हजार तथा द्वितिय हुने समुहले नगद ४० हजार सहित ट्रफि मेडल पुरस्कार प्राप्त गर्नेछन् । महिला भलिबलतर्फ प्रथमले नगद ५० हजार तथा द्वितियले नगद ३० हजार सहित ट्रफि मेडल पुरस्कार प्राप्त गर्नेछन् । त्यसैगरि प्रौढ भलिबलमा प्रथमले नगद २० हजार तथा द्वितियले नगद १० हजार पुरस्कार प्राप्त गर्ने क्लवले जनाएको छ । मेलामा ठेलो हान्ने, रस्साकसि लगायतका प्रतियोगिताहरु पनि रहेका छन् । प्रतियोगितामा भाग लिन मंसिर २९ गते सम्म टिम दर्ता गराइसक्नुपर्ने क्लवका अध्यक्ष मिकास गुरुङ्गले बताए । मेला सम्पन्न गर्न क्लव अध्यक्ष मिकास गुरुङ्गको संयोजकत्वमा विभिन्न उपसमितिहरु गठन गरिएको छ । बास्केटबल खेलतर्पm संयोजकमा रविन थापा तथा विकल गुरुङ्ग सह–संयोजक रहेका छन् । भलिबल खेलका लागि आसबहादुर गुरुङ्गलाई संयोजक चयन गरिएको छ । पुरुष भलिबल संयोजकमा प्रमित गुरुङ्ग, महिला भलिबल संयोजकमा अनिस गुरुङ्ग र सह–संयोजकमा सोदेस गुरुङ्गलाई चयन गरिएको छ । प्रौढ भलिबलका लागि सुकबहादुर गुरुङ्गलाई चयन गरिएको छ । रस्सि तान्ने खेलका लागि विजिन थापालाई संयोजक तथा सुवास थापालाई सह–संयोजक चयन गरिएको छ । ठेलो फाल्ने खेलतर्फ ओमप्रसाद गुरुङ्ग संयोजक रहेका छन् । मेला सम्पन्न गर्न झण्डै २० लाख खर्च लाग्ने आर्थिक समितिका संयोजक श्याम गुरुङ्गले जानकारी दिए । अन्नपूर्ण गाउँपालिका, एक्याप, पर्यटन समिति छोम्रोङ्ग लगायत मेलाका मुख्य सहयोगी रहेका छन् ।

प्रतिकृया दिनुहोस

पर्यटकिय गाउँ छोम्रोङ्गमा सेन्चुरी ल्होसार मेलाको तयारी :

पोखरा ४ फागुन । प्रदेश नं ५ मा आयोजना हुने आठौं राष्ट्रिय खेलकुदका लागि गण्डकी प्रदेश स्तरिय छनोट प्रतियोगिता दोश्रो दिन पनि जारी रहेको आयोजक

पर्यटकिय गाउँ छोम्रोङ्गमा सेन्चुरी ल्होसार मेलाको तयारी :

पोखरा, ४ फागुन । कम्प्युटर एसोसिएसन नेपाल (क्यान) महासंघ कास्की शाखाले ‘भायानेट क्यान इन्फोटेक–२०१९ इन एसोसिएसन विथ आइ.एम.ई पे’को तयारीलाई तिब्र

पर्यटकिय गाउँ छोम्रोङ्गमा सेन्चुरी ल्होसार मेलाको तयारी :

प्रेम दिवस बिशेस #ValentineSpecial  शिब सतिको प्रेम एक जन्म मात्र होइन अर्को जन्म सम्म निरन्तर जुगौ जुगु बाचेको छ शिब पार्वती को स्वरुपमा।  आफ्नो प्रेमी को