मस्र्याङदी नदीमा कायाकिङ - उपाधी बेलायतका प्रीतम गुरुङ

बेशीशहर लम्जुङ ९ मंसिर ।

मस्र्याङदी नदीमा जारी १७ औ हिमालयन ह्वाईट वाटर च्यालेन्ज कायाकिङ प्रतियोगितामा आइतबार सम्पन्न स्ट्रिम सलालम तर्फको उपाधी बेलायतका प्रीतम गुरुङले हात पारेका छन । गुरुङले १८ जना प्रतिस्पर्धीलाई पछाडि पार्दै ५ सय मीटरको दुरी १ मिनेट ३३ सेकेण्डमा पार गर्दै उपाधी रच्न सफल भएका हुन । प्रतियोगितामा सागर गुरुङले १ मिनेट ३७ सेकेण्डमा पार गर्दै दोश्रो स्थान हासिल गरेभने बेलायती खेलाडी माट स्टेफेनले तेश्रो स्थान हासिल गर्न सफल भए ।

महिला तर्फ भने जर्मनी खेलाडी भेरा निसले स्ट्रिम सलालमको उपाधी हासिल गरिन । भेराले निर्धारित दुरी २ मिनेट ४६ सेकेण्डमा पार गर्दै उपाधी हात पार्न सफल भइन भने आइरिसकी महिला खेलाडी शुसन डोयलले निर्धारित दुरी २ मिनेट ९८ सेकेण्डमा पार गर्दै दोश्रो स्थान हासिल गर्न सफल भइन भने क्यास इमारीले निर्धारित दुरी ३ मिनेट ८६ सेकेण्डमा पार गर्दै तेश्रो स्थान हासिल गरिन ।

प्रतियोगितामा सोमबार हेड टु हेड वोर्डर क्रस विद्यामा खेल हुने नेपाल एसोशियसन अफ ¥याफ्टिङ एजेन्सीका अध्यक्ष निम बहादुर मगरले वताए । प्रतियोगितामा बेलायत, फ्रान्स, अमेरिका, क्यानडा, नर्वे, स्वीडेन, स्पेन, न्यूजिल्याण्ड तथा अष्ट्रलिया लगायतका पुरुष र महिला गरि सय भन्दा बढि कायकरहरुले सहभागीता जनाएका छन ।

प्रतिकृया दिनुहोस

मस्र्याङदी नदीमा कायाकिङ - उपाधी बेलायतका प्रीतम गुरुङ

कास्कीको वेगनास तालमा एक हप्ते श्रीमद्भागवतविराट ज्ञानमहायज्ञ शुरु भएको छ । बेगनासतालको चौतर्फी विकास र तालमा आकस्मिक दुर्घटनामा परि दिवङ्गत भएका

मस्र्याङदी नदीमा कायाकिङ - उपाधी बेलायतका प्रीतम गुरुङ

 पोखरा २२ मंसिर  पोखरा महानगर वडा नम्बर २० को मणिपाल फुलवारी र भलाम जोड्ने पक्की पुलको उद्घाटन सम्पन्न भएको छ । पोखरा २० को मणिपाल र भलाम जोड्ने

मस्र्याङदी नदीमा कायाकिङ - उपाधी बेलायतका प्रीतम गुरुङ

मंसिर १२,पोखरा ल्होसार पर्वको अवसरमा सेन्चुरी युवा क्लव, छोम्रोङ्ग कास्कीको आयोजनामा पर्यटकिय गाउँ छोम्रोङ्गमा १७ औं सेन्चुरी ल्होसार मेला–२०७५