सहकारीको फोटोे फ्रेम उद्योगसंगै प्रिन्ट तथा कलर ल्याव

पोखरा, असोज

पोखराको फिर्केमा रहेको कैलाश वचत तथा ऋण सहकारी संस्थाले फोटोे प्रेम उद्योगसंगै प्रिन्ट तथा कलरल्याव समेत संचालनमा ल्याएको छ । केही समय अघि देखि फोटोे प्रेम उद्योग संचालनमा आए पनि आम उपभोक्ता र शेयर सदस्यको माग अनुसार प्रिन्ट तथा कलरल्याव समेत संचालनमा ल्याएको संस्थाका अध्यक्ष दुर्गाप्रसाद पौडेलले बताए । अत्याधुनिक मेसिन सहितको उक्त उद्योग संचालनमा थप ५० लाख लगानी भएको अध्यक्ष पौडेलले जनाए । उक्त उद्योगमा हाल ३० जनाले रोजगार पाएका छन। शेयर पुंजी २ करोड २१ लाख पचहत्तर ,बचत संकलन ३ करोड १३ लाख छ भने ऋण लगानी ३ करोड ४९ लाख रहेको उक्त कैलाश सहकारी मा हाल १६८ जना शेयर सदस्य रहेका छन। उक्त उद्योगको सोमवार एक समारोहका बिच गण्डकी प्रदेशका भूमि कृषि तथा सहकारी मन्त्रालयका सहकारी महाशाखा प्रमुख वद्रीनाथ अधिकारीले शुभारभ्भ गर्दै सहकारीको ऋण लिने मानिस कहिल्यै गरिव नहुने बताए । उनले सहकारीको ऋण खाएको मानिस माथि उठ्न नसके त्यस्ता सहकारीको औचित्य समाप्त हुने वताए .। उत्पादन मुखी उद्योग खोलेर ब्यवसाय गर्ने सहकारी संस्थालाई राज्यले सम्मान तथा सहयोग गर्ने कुरा बताए । कार्यक्रममा फ्लेक्स प्रिन्ट गर्ने ६० जना सदस्यलाई कारोवारका आधारमा नगदले सम्मान गरिएको थियो । संस्थाका अध्यक्ष पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा निर्वतमान अध्यक्ष जीवन ढुङ्गना ले स्वागत तथा स्वतन्त्र पत्रकार पत्रकार संघ नेपालका अध्यक्ष कृष्णप्रसाद वास्तोला, संस्थाका पुर्व अध्यक्ष नवीनराज पौडेल, फोटो ग्राफर संघ पोखराका अध्यक्ष तुल्सीराम सुवेदी, लेखा परिक्षण समितिका संयोजक रुद्रनाथ पौडेल, फोटो पत्रकार महासंघ कास्कीका अध्यक्ष इन्द्रप्रसाद पौडेल, नारायणहरि अधिकारी, वाग्लुङ फोटो ग्राफर संघका अध्यक्ष नारायण गौतम, पर्वत फोटो ग्राफर संघका अध्यक्ष नारायण वहादुर केसी, उपाध्यक्ष शिवहरि अधिकारी लगायतले वोलेका थिए भने कार्यक्रम संस्थाका सचिव टीकाराम पराजुलीले संचालन गरेका थिए।

प्रतिकृया दिनुहोस

सहकारीको फोटोे फ्रेम उद्योगसंगै प्रिन्ट तथा कलर ल्याव

पोखरा १७ गते । पोखरा महानगरपालिका उपप्रमुख मञ्जुदेवी गुरुङले महिलाहरु आर्थिक रुपमा सबल र सक्षम  हुुनुपर्ने बताएकी छन् । पोखरा महानगरपालिका वडा

सहकारीको फोटोे फ्रेम उद्योगसंगै प्रिन्ट तथा कलर ल्याव

गण्डकी विकास बैंकले रुपन्देहीको मानपकडीे शाखाको औपचारीक समुद्घाटन गरेको छ । प्रमुख अतिथि प्रदेश नं. ५ रुपन्देही क्षेत्र नं. ३ का प्रदेश सभासद श्री

सहकारीको फोटोे फ्रेम उद्योगसंगै प्रिन्ट तथा कलर ल्याव

तरुल तथा कन्दमुलको मूल्य यस वर्ष घटेको छ । अघिल्लो वर्षको तुलनामा यस वर्ष उपत्यका बाहिरबाट तरुल लगायत कन्दमुल धेरै नै भित्रिएकोले मूल्य घटेको हो